भारतमा कोरोना संक्रमितको संख्या ३२४ पुग्यो, चौविस घण्टामै थपिए १००

440
Shares

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण तिब्रगतिमा बढेको छ । पछिल्लो चौविस घण्टाभित्र १०० वटा नयाँ संक्रमण थपिएको स्वास्थ्यअधिकारीहरुले बताएका छन् ।

यो संगै आज अपरान्ह साढे ६ बजेसम्म भारतभर ३२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतमा सबैभन्दा प्रभावित क्षेत्र महाराष्ट्र देखिएको छ । त्यहाँ अहिलेसम्म ६३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १ जनाको मृत्यु समेत भईसकेको छ ।

त्यसबाहेक देशका विभिन्न २२ प्रान्तमा संक्रमण देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *