भारतमा कोरोना संक्रमितको संख्या ३२४ पुग्यो, चौविस घण्टामै थपिए १००
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण तिब्रगतिमा बढेको छ । पछिल्लो चौविस घण्टाभित्र १०० वटा नयाँ संक्रमण थपिएको स्वास्थ्यअधिकारीहरुले बताएका छन् ।
यो संगै आज अपरान्ह साढे ६ बजेसम्म भारतभर ३२४ जनामा कोरोना संक्रमण देखिएको छ ।
भारतमा सबैभन्दा प्रभावित क्षेत्र महाराष्ट्र देखिएको छ । त्यहाँ अहिलेसम्म ६३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १ जनाको मृत्यु समेत भईसकेको छ ।
त्यसबाहेक देशका विभिन्न २२ प्रान्तमा संक्रमण देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



