प्रधानमन्त्री ओली राष्ट्रको नाममा विशेष सम्वोधन गर्दै
काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका साँझ ६ बजे राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन् ।
सम्वोधनका क्रममा उनले कोरोना भाइरस विरुद्ध सरकारले चालेको कदम र भावि योजनाका बारेमा जानकारी दिने भएका हुन् । सो अवसरमा प्रधानमन्त्रीबाट विशेष घोषणा समेत हुने स्रोतले बताएको छ ।
प्रधानमन्त्रीले आज विहान उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बेलुका ६ बजे सम्वोधन हुने र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाइएको जानकारी दिए ।
कतिपय विश्लेषकहरुले सरकारले केही दिनका लागि स्वास्थ्य संकटकाल र केही दिन लकडाउन गर्न सक्ने अनुमान गरेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



