प्रधानमन्त्री ओली राष्ट्रको नाममा विशेष सम्वोधन गर्दै

1.3k
Shares

काठमाडौँ, ७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका साँझ ६ बजे राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन् ।
सम्वोधनका क्रममा उनले कोरोना भाइरस विरुद्ध सरकारले चालेको कदम र भावि योजनाका बारेमा जानकारी दिने भएका हुन् । सो अवसरमा प्रधानमन्त्रीबाट विशेष घोषणा समेत हुने स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले आज विहान उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बेलुका ६ बजे सम्वोधन हुने र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

कतिपय विश्लेषकहरुले सरकारले केही दिनका लागि स्वास्थ्य संकटकाल र केही दिन लकडाउन गर्न सक्ने अनुमान गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *