नेपाल अपडेट : कोरोना शंकास्पद १८ जनाको रिपोर्ट नेगेटिभ

2.0k
Shares

काठमाडौँ, ६ चैत । कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखिएका १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती देखि शुरु गरिएको १८ जनाको परीक्षण रिपोर्ट केही बेर अघि मात्रै सार्वजनिक गरिएको हो ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले हिजो राती देखि शुरु गरिएको १८ जनाको परीक्षणको नतिजा नेगेटिभ आएको बताए । उनले परीक्षण गरिएकामा १ जना बुटवल र बाँकी सबै काठमाडौँका विभिन्न अस्पतालको रहेको समेत जानकारी दिए ।

आजको परीक्षण रिपोर्टसंगै जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको संख्या ५४७ पुगेको छ । र सबै नेगेटिभ आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *