नेपाल अपडेट : कोरोना शंकास्पद १८ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौँ, ६ चैत । कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखिएका १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती देखि शुरु गरिएको १८ जनाको परीक्षण रिपोर्ट केही बेर अघि मात्रै सार्वजनिक गरिएको हो ।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले हिजो राती देखि शुरु गरिएको १८ जनाको परीक्षणको नतिजा नेगेटिभ आएको बताए । उनले परीक्षण गरिएकामा १ जना बुटवल र बाँकी सबै काठमाडौँका विभिन्न अस्पतालको रहेको समेत जानकारी दिए ।
आजको परीक्षण रिपोर्टसंगै जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको संख्या ५४७ पुगेको छ । र सबै नेगेटिभ आएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



