स्कुल, कलेज तथा विश्वविद्यालयको पठनपाठन चैत मसान्तसम्म बन्द
काठमाडौँ, ५ चैत । सरकारले कोरोना जोखिमविरुद्ध उच्च सतर्कता अपनाउनका लागि स्कुल कलेज तथा विश्वविद्यालयका पठन पाठनहरु चैत मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको उच्चस्तरीय समितिको बैठकले ६ चैत देखि शुरु हुन लागेको एसईई परीक्षा सञ्चालन गर्ने तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठनहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले भोलिबाट सुरु हुन लागेको एसईई परीक्षाको प्रत्येक केन्द्रमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित र व्यवस्थितरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]