स्कुल, कलेज तथा विश्वविद्यालयको पठनपाठन चैत मसान्तसम्म बन्द

6.6k
Shares

काठमाडौँ, ५ चैत । सरकारले कोरोना जोखिमविरुद्ध उच्च सतर्कता अपनाउनका लागि स्कुल कलेज तथा विश्वविद्यालयका पठन पाठनहरु चैत मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको उच्चस्तरीय समितिको बैठकले ६ चैत देखि शुरु हुन लागेको एसईई परीक्षा सञ्चालन गर्ने तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठनहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले भोलिबाट सुरु हुन लागेको एसईई परीक्षाको प्रत्येक केन्द्रमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित र व्यवस्थितरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *