युएईमा रहेका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण

412
Shares

एजेन्सी । युएईमा रहेका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । सोमबार थपिएका १४ जना नयाँ संक्रमितको संख्यामा २ जना नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खालिज टाईम्सका अनुसार सोमबार कोरोना भाइरसको पुष्टी भएका १४ मध्ये ४ जना इमिरेटिस, ३ इटालियन, २ बंगलादेशी, २ नेपाली, १ रुसी, १ भारतीय र अर्का १ जना सिरियाका नागरिक रहेका छन्।

उनीहरूलाई पहिले क्वारेन्टाइनमा राखिएका बिरामीहरुबाट सरेको बताइएको छ। ती दुई नेपाली को हुन् भन्नेबारे खुलाइएको छैन।

अहिलेसम्म युएईमा ५९ जनामा कोरोना संक्रमण भेटिएको छ। साथै सोमबार मन्त्रालयले पाँच जनाको उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिसकेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *