युएईमा रहेका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण
एजेन्सी । युएईमा रहेका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । सोमबार थपिएका १४ जना नयाँ संक्रमितको संख्यामा २ जना नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खालिज टाईम्सका अनुसार सोमबार कोरोना भाइरसको पुष्टी भएका १४ मध्ये ४ जना इमिरेटिस, ३ इटालियन, २ बंगलादेशी, २ नेपाली, १ रुसी, १ भारतीय र अर्का १ जना सिरियाका नागरिक रहेका छन्।
उनीहरूलाई पहिले क्वारेन्टाइनमा राखिएका बिरामीहरुबाट सरेको बताइएको छ। ती दुई नेपाली को हुन् भन्नेबारे खुलाइएको छैन।
अहिलेसम्म युएईमा ५९ जनामा कोरोना संक्रमण भेटिएको छ। साथै सोमबार मन्त्रालयले पाँच जनाको उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिसकेको बताएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



