कोरोनाभाइरस : इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने निर्णय

112
Shares

एजेन्सी । सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छन्।  यो निर्णयसंगै  शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरेलीहरू उक्त सहर छाड्न वा त्यहाँ आउन पाउनेछन्।

यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ।

इजरेली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरेली सेनालाई आदेश दिएका छन्।

यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि वेस्ट ब्याङ्कमा एक महिने सङ्कटकाल घोषणा गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *