कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना भएका ४ जनाको रिपोर्ट नेगेटिभ

144
Shares

काठमाडौँ, २० फागुन । कोरोनाको आशंकामा गत आइतबार टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आउनेमा तीन जना नेपाली र एक जना चिनियाँ छन् । यस्तै सोमबार आइसोलेसनमा भर्ना भएका थप एक जना नेपालीको बुधबार विहान रिपोर्ट आउने अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले बताए ।

आइतबार भर्ना गरिएका ४ जनाको रिपोर्ट सोमबार आउने अनुमान गरिएको थियो तर खटिपाटी क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा टेकुको आइसोलेसन वार्डमा रहेकाहरुको परीक्षण पछि परेको हो ।

डा बास्तोलाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट टेकु अस्पताल रिफर भएका २ जनाको परीक्षण र हिस्ट्री लिने काम भइरहेको भन्दै आवश्यक देखिए आइसोलेसन वार्डमा सिफ्ट गर्ने बताए ।

बैदेशिक रोजगारीमा गई कुवेत र कतारबाट फर्किएका दुई जनाको एयरपोर्टमा परीक्षण गर्दा तामक्रम बढेको पाइएपछि सिधै टेकु रिफर गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *