कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना भएका ४ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौँ, २० फागुन । कोरोनाको आशंकामा गत आइतबार टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आउनेमा तीन जना नेपाली र एक जना चिनियाँ छन् । यस्तै सोमबार आइसोलेसनमा भर्ना भएका थप एक जना नेपालीको बुधबार विहान रिपोर्ट आउने अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले बताए ।
आइतबार भर्ना गरिएका ४ जनाको रिपोर्ट सोमबार आउने अनुमान गरिएको थियो तर खटिपाटी क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा टेकुको आइसोलेसन वार्डमा रहेकाहरुको परीक्षण पछि परेको हो ।
डा बास्तोलाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट टेकु अस्पताल रिफर भएका २ जनाको परीक्षण र हिस्ट्री लिने काम भइरहेको भन्दै आवश्यक देखिए आइसोलेसन वार्डमा सिफ्ट गर्ने बताए ।
बैदेशिक रोजगारीमा गई कुवेत र कतारबाट फर्किएका दुई जनाको एयरपोर्टमा परीक्षण गर्दा तामक्रम बढेको पाइएपछि सिधै टेकु रिफर गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]