एयरपोर्ट हेल्थ डेस्कमा पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमलको ज्वरो नापियो ( भिडियो सहित)
काठमाडौँ, १८ फागुन । भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनकी पत्नी कोमलको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा तापक्रम नापिएको छ ।
विमानस्थल हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले उनीहरुको निधारमा इन्फाइरेड थर्मामिटर राखेर स्वास्थ्यकर्मीले तापक्रम लिएका छन् ।
परीक्षणपछि पूर्वराजा ज्ञानेन्द्रले ठिक छ भनेर सोधेका थियो । पूर्व राजपरिवारका सदस्यको चेकजाँच गरेको भिडियो पर्यटन सचिव केदारबहादुर अधिकारीले ट्वीट गरेका छन् । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियो हेरौँ :
Corona check in TIA pic.twitter.com/NY9laG4ASt
— Kedar B Adhikari (@KedarBAdhikari) March 1, 2020
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



