एयरपोर्ट हेल्थ डेस्कमा पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमलको ज्वरो नापियो ( भिडियो सहित)

काठमाडौँ, १८ फागुन । भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनकी पत्नी कोमलको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा तापक्रम नापिएको छ ।

विमानस्थल हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले उनीहरुको निधारमा इन्फाइरेड थर्मामिटर राखेर स्वास्थ्यकर्मीले तापक्रम लिएका छन् ।

परीक्षणपछि पूर्वराजा ज्ञानेन्द्रले ठिक छ भनेर सोधेका थियो ।  पूर्व राजपरिवारका सदस्यको चेकजाँच गरेको भिडियो पर्यटन सचिव केदारबहादुर अधिकारीले ट्वीट गरेका छन् । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियो हेरौँ :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *