आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा ५९ प्रतिशत उत्तीर्ण
काठमाडौँ, ७ फागुन । नेपाल आयुर्वेद चिकित्सा परिषदद्धारा लिईएको आयुर्वेद चिकित्सकहरुको नाम दर्ता (लाईसेन्स) परीक्षामा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परिषदले गत ३ फागुनमा लिएको ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी (बीएएमएस)को लाईसेन्स परीक्षामा सहभागी ३९ मध्ये २३ जना उत्तीर्ण भएका हुन् ।
गत वर्षदेखि सुरु भएको परिषद्को लाइसेन्स परीक्षामा ६ महिना इन्टर्नशीप पुरा गरेपछि विद्यार्थीहरुले भाग लिन पाउँछन् ।
नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत दुई वटा र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत तीनवटा कलेजमा बीएएमएसको पठनपाठन हुँदै आएको छ । यस्तै भारतबाट पनि बीएएमएस अध्ययन गरेर आउने विद्यार्थीहरुको संख्या उल्लेखनीय मात्रमा छ।
हालसम्म आयुर्वेद चिकित्सा परिषद् मा ७२९ जना आयुर्वेद चिकित्सक दर्ता छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



