आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा ५९ प्रतिशत उत्तीर्ण

516
Shares

काठमाडौँ, ७ फागुन ।  नेपाल आयुर्वेद चिकित्सा परिषदद्धारा लिईएको आयुर्वेद चिकित्सकहरुको नाम दर्ता (लाईसेन्स) परीक्षामा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परिषदले गत ३ फागुनमा लिएको ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी (बीएएमएस)को लाईसेन्स परीक्षामा सहभागी ३९ मध्ये २३ जना उत्तीर्ण भएका हुन् ।

गत वर्षदेखि सुरु भएको परिषद्को लाइसेन्स परीक्षामा ६ महिना इन्टर्नशीप पुरा गरेपछि विद्यार्थीहरुले भाग लिन पाउँछन् ।

नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत दुई वटा र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत तीनवटा कलेजमा बीएएमएसको पठनपाठन हुँदै आएको छ । यस्तै भारतबाट पनि बीएएमएस अध्ययन गरेर आउने विद्यार्थीहरुको संख्या उल्लेखनीय मात्रमा छ।

हालसम्म आयुर्वेद चिकित्सा परिषद् मा ७२९ जना आयुर्वेद चिकित्सक दर्ता छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *