न्याम्सको सिनेट सदस्यमा थप पाँच जना मनोनित

2.4k
Shares

काठमाडौँ, २ फागुन ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त सिनेट सदस्य पदमा थप पाँच जनालाई मनोनित गरिएको छ । आज बसेको न्याम्सको २५ औँ सिनेट बैठकले रिक्त सदस्य पदमा पाँच जनालाई मनोनित गर्ने निर्णय गरेको हो ।

बैठकले चिकित्सा सम्वन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने विश्वविद्यालय वा प्रतिष्ठानका उपकुलपतिहरु मध्ये सभाले मनोनित गर्ने रिक्त दुई जना सभाका सदस्यहरुमा क्रमश त्रिभुवन विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुलाई मनोनित गर्ने निर्णय गरेको छ ।

यस्तै स्वास्थ्य क्षेत्रका बैज्ञानिकहरु मध्येबाट डा. कृष्ण प्रसाद अधिकारीलाई सदस्य पदमा मनोनित गरेको छ । उनी नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार समेत हुन् ।

यस्तै शिक्षकरुमध्येबाट रिक्त रहेको सभाको दुई जना सदस्यहरुमा क्रमश प्राडा विधाननिधि पौडेल र प्रा बसन्ती थापालाई मनोनित गर्ने निर्णय गरेको छ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतम, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी विच्छा, संविधानसभाका सदस्य पेम्वा लामा र जनस्वास्थ्यकर्मी भक्तिमान सुव्वालाई रिक्त सिनेट सदस्य पदमा मनोनित गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *