न्याम्सको सिनेट सदस्यमा थप पाँच जना मनोनित

काठमाडौँ, २ फागुन ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त सिनेट सदस्य पदमा थप पाँच जनालाई मनोनित गरिएको छ । आज बसेको न्याम्सको २५ औँ सिनेट बैठकले रिक्त सदस्य पदमा पाँच जनालाई मनोनित गर्ने निर्णय गरेको हो ।

बैठकले चिकित्सा सम्वन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने विश्वविद्यालय वा प्रतिष्ठानका उपकुलपतिहरु मध्ये सभाले मनोनित गर्ने रिक्त दुई जना सभाका सदस्यहरुमा क्रमश त्रिभुवन विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुलाई मनोनित गर्ने निर्णय गरेको छ ।

यस्तै स्वास्थ्य क्षेत्रका बैज्ञानिकहरु मध्येबाट डा. कृष्ण प्रसाद अधिकारीलाई सदस्य पदमा मनोनित गरेको छ । उनी नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार समेत हुन् ।

यस्तै शिक्षकरुमध्येबाट रिक्त रहेको सभाको दुई जना सदस्यहरुमा क्रमश प्राडा विधाननिधि पौडेल र प्रा बसन्ती थापालाई मनोनित गर्ने निर्णय गरेको छ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतम, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी विच्छा, संविधानसभाका सदस्य पेम्वा लामा र जनस्वास्थ्यकर्मी भक्तिमान सुव्वालाई रिक्त सिनेट सदस्य पदमा मनोनित गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *