कोरोनाभाइरसबाट चीनमा अमेरिकी र जापानी नागरिकको मृत्यु

680
Shares
वुहानमा तयारी अवस्थामा राखिएको अस्थायी आकस्मिक कक्ष

एजेन्सी । नोभेल कोरोनाभाइरसबाट चीनमा एक जना अमेरिकी नागरिकको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित ६० बर्षीय अमेरिकी नागरिकको बुहानस्थित जीनयानतिन अस्पतालमा गत बिहीबार मृत्यु भएको बेइजिङस्थित अमेरिकी दुतावासले पुष्टि गरेको छ ।

चिनिया स्वास्थ्य अधिकारीले अमेरिकी नागरिकको मृत्युलाई कोरोनाभाइरसबाट चीनमा पहिलो विदेशी नागरिकको मृत्यु भनेका छन् ।
उता जापानी विदेश मन्त्रालयले पनि वुहानमा रहेको आफ्नो एक जना नागरिकको ज्यान गएको बताएको छ । कोरोना भाइरस संक्रमण देखिएको ६० बर्षीय जापानीको आज मात्रै मृत्यु भएको हो ।

शुक्रबारसम्मको तथ्यांक अनुसार नोभेल कोरोनाभाइरसबाट चीनमा मात्रै ७२२ जना र हङकङ तथा फिलिपिन्समा एक एक गरी ७२४ जनाको मृत्यु भएको छ । चीनमा यो भाइरसबाट ३४ हजार ५४६ जना र चीन बाहिर २७ वटा देशमा ३२० जना संक्रमणमा परेका छन् ।

आज विहान मात्रै जापान, ताइवान र मलेसियामा गरी थप ३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *