नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६५ पुग्यो

1.4k
Shares

एजेन्सी । चीनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । बुधबार मात्रै थप ७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ ।

चीन बाहिरको समेत संख्या जोडदा भाइरसबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ ।

आयोगले विहीबार विहान सार्वजनिक गरेको रिपोर्ट अनुसार बुधबारसम्म यो भाइरसको संक्रमणमा पर्नेको संख्या २८ हजार १८ पुगेको छ । चीन बाहिरको देशमा देखिएको संक्रमण समेत जोड्ने हो भने संख्या २८ हजार २६२ पुगेको छ ।

बुधबार मात्रै ३ हजार ६९४ जनामा नयाँ संक्रमण भेटिएको छ । तर यो संख्या अघिल्लो दिनको तुलनामा केही कमी हो । मंगलबार एकै दिन ३ हजार ८८७ जनामा संक्रमण भएको पाइएको थियो ।

आयोगका अनुसार बुधबार कोरोनाभाइरसबाट चीनमा भएको कुल मृत्युमध्ये ७० जना हुवे प्रान्तकै रहेका छन् ।

भाइरसबाट संक्रमित कहाँ कति ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *