कोरोना भाइरस : विश्व स्वास्थ्य संगठनद्धारा ग्लोबल हेल्थ इमरजेन्सी घोषणा

4.1k
Shares

जेनेभा । चीनबाट फैलन शुरु भएको नयाँ कोरोना भाइरस नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले विश्व जनस्वास्थ्य आपतकालिन अवस्था (ग्लोवल पव्लीक हेल्थ इमरजेन्सी) घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डव्लुएचओको इमरजेन्सी कमिटिको बैठकले ग्लोबल हेल्थ इमरजेन्सी घोषणा गरको हो ।

चीन भन्दा बाहेकका समेत नयाँ कोरोना भाइरस बढ्ने क्रम देखिएपछि डव्लुएचओले ग्लोवल हेल्थ इमरजेन्सी घोषणा गरेको जनाएको छ ।

घोषणा गर्ने क्रममा डव्लुएचओकामहानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले भने, ‘यो घोषणाको मुख्य कारण यो होइन कि चीनमा के भइरहेको, हाम्रो चिन्ता अब अन्य देशमा के भइरहेको छ भन्ने पनि हो ।,’  उनले अगाडी थपे हाम्रो चिन्ता कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलियो भने के होला भन्ने हो ।

अहिलेसम्म चीनमा मात्रै २१३ जनाको मृत्यु भइसकेको छ । चीन सहित विभिन्न १८ देशमा फैलिएको भाइरसबाट संक्रमित हुनेको संख्या साढे ९ हजार पुगेको छ । डव्लुएचओका अनुसार अहिलेसम्म चीन बाहिर ९८ केश भेटिएको छ ।

https://www.facebook.com/WHO/videos/2803414043030186/

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *