सानो संसार स्कुलमा केडीसीको मुख स्वास्थ्य शिविर

216
Shares

काठमाडौँ, २२ पुस । चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा रहेको सानो संसार प्रि स्कुलमा निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर राखिएको छ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसी) र सतुङ्गलमा रहेको कान्तिपुर डेन्टल क्लिनिकको आयोजनामा सोमबार उक्त शिविर राखिएको हो ।

शिविरमा बालबालिका तथा शिक्षक अभिभावक गरी करीब १५० जनाको मुख तथा दन्त परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा स्कुले बालबालिकामा करीब ६० प्रतिशत दाँत किराले खाने समस्या देखिएको थियो तर अभिभावकहरुमा भने सत प्रतिशतमै समस्या देखिएको कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । उनका अनुसार दाँत किराले खाने र गिजा सुन्निने समस्या धेरैमा देखिएको थियो ।

सो अवसरमा शिविरका लागि पुगेका स्वास्थ्यकर्मीहरुले बालबालिका तथा तिनका अभिभावकहरुलाई मुख तथा दन्त स्वास्थ्य सम्वन्धी प्रशिक्षण समेत दिएका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त कान्तिपुर डेन्टल कलेजले हरेक हप्ता जस्तो विभिन्न स्थानमा गएर निशुल्क मुख स्वास्थ्य शिविर गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *