सानो संसार स्कुलमा केडीसीको मुख स्वास्थ्य शिविर

काठमाडौँ, २२ पुस । चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा रहेको सानो संसार प्रि स्कुलमा निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर राखिएको छ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसी) र सतुङ्गलमा रहेको कान्तिपुर डेन्टल क्लिनिकको आयोजनामा सोमबार उक्त शिविर राखिएको हो ।

शिविरमा बालबालिका तथा शिक्षक अभिभावक गरी करीब १५० जनाको मुख तथा दन्त परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा स्कुले बालबालिकामा करीब ६० प्रतिशत दाँत किराले खाने समस्या देखिएको थियो तर अभिभावकहरुमा भने सत प्रतिशतमै समस्या देखिएको कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । उनका अनुसार दाँत किराले खाने र गिजा सुन्निने समस्या धेरैमा देखिएको थियो ।

सो अवसरमा शिविरका लागि पुगेका स्वास्थ्यकर्मीहरुले बालबालिका तथा तिनका अभिभावकहरुलाई मुख तथा दन्त स्वास्थ्य सम्वन्धी प्रशिक्षण समेत दिएका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त कान्तिपुर डेन्टल कलेजले हरेक हप्ता जस्तो विभिन्न स्थानमा गएर निशुल्क मुख स्वास्थ्य शिविर गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *