नेपाल नर्सिङ संघमा मनकुमारी राई नेतृत्वको प्यानल विजयी

9.8k
Shares

काठमाडौँ, १० पुस । नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ । केही बेर अघि सम्पन्न मतगणनाको आधिकारिक घोषणा हुन भने बाँकी नै छ ।

राई समूहबाट कोषाध्यक्षका उम्मेद्धार बनेकी कल्पना श्रेष्ठले प्यानलले नै जितेको जानकारी दिइन । यद्धपी घोषणा हुन केही बेर लाग्ने उनले बताइन ।

यसपटकको निर्वाचनमा प्राध्यापक राईले प्रगतिशील प्यानल र प्राध्यापक मुना राना थापाले पेशागत समावेसी प्यानलले नेतृत्व गरेका थिए । प्रगतिशील प्यानललाई नेकपाले समर्थन गरेको थियो । उता पेशागत समावेशी समूहलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।

संघका निवर्तमान सचिव लक्ष्मी केसीका अनुसार २१ मतदान केन्द्रमध्ये धरान, विराटनगर, बीरगञ्ज र लमजुङमा मुना राना समूहको समावेशी प्यानलले जित हासिल गरेको थियो । अन्यत्र भने राई नेतृत्वको प्यानल हावी भएको छ ।

सधै प्रगतिशील प्यानल हावी हुने नर्सिङ संघमा यसपटक पेशागत समूहले कडा टक्कर दिने र प्यानल भत्किने सम्मको कतिपयको अनुमान थियो । तर प्रगतिशील प्यानलले सो अनुमानलाई गलत सावित गर्दै प्यानल नै विजयी गराएको छ ।

केही ठाँउको मतपरिणाम यस्तो छ….

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *