हिउले छोपियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (फोटो फिचर)

1.6k
Shares

जुम्ला, २७ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यतिवेला हिउले छोपेको छ । विहान करीब साढे ९ बजे देखि खलंगा बजारमा शुरु भएको हिमपात अझै रोकिएको छैन् । बाक्लो हिमपातसंगै दैनिक जनजीवन कष्टकर बनेको छ ।

प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा मंगल रावलले अढाई घण्टा देखि लगातार हिमपात भएको बताए । उनले हिमपातकै कारण आज अस्पतालमा विरामीको संख्या घटेको जानकारी दिए ।

अहिले त विरामीको संख्या निकै घटेको छ । आकस्मिक बाहेकका विरामी आएका छैनन् भन्दा पनि हुन्छ । बजार पुरै हिउले ढाकेको अवस्था छ ।

अस्पतालका अर्का डाक्टर भुमेश काफ्लेले निरन्तर परिरहेकोले जनजीवन थप कष्टकर बन्न सक्ने बताए । ‘जुम्लाको तापक्रम निकै घटेको छ, चिसो बढेपछि जनजीवन कष्टकर हुने नै भयो,’ उनले भने ।

हिउ परेपछि यस्तो देखियो प्रतिष्ठान र आसपासको क्षेत्र

 

तस्बिरहरु : डा. भुमेश काफ्ले / विश्वराज काफ्ले

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *