आन्दोलनरत मेडिकल विद्यार्थीद्धारा एमबीबीएस, बीडीएस र नर्सिङ प्रथमबर्षको परीक्षा बहिस्कार

928
Shares

काठमाडौँ, १८ मंसिर ।  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन प्राप्त चार वटा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आज देखि शुरु एमबीबीएस, बीडीएस र नर्सिङको परीक्षा बहिष्कार गरेका छन्।

वीरगञ्जको नेसनल मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र जनकपुरस्थित जानकी मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।

निजी मेडिकल कलेजहरुले विद्यार्थीसंग अनाधिकृत रुपमा अतिरिक्त शुल्क उठाएको भन्दै आन्दोलनरत विद्यार्थीहरुले सरकार र निजी मेडिकल कलेजबीच भएको दुई बुँदे सम्झौँता समेत आफूहरुलाई मान्य नभएको बताउँदै आएका छन् । उनीहरुले आन्दोलनलाई निरन्तरता दिदैँ परीक्षा बहिस्कार गरेका हुन् ।

भैरहवारस्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा शुरु हुनु अघि कलेज परिसरमा लामवद्ध भई धर्ना दिएका थिए । यता चितवन मेडिकल कलेजका विद्यार्थीहरुले भने प्रवेश पत्र नै जलाएका छन् । उनीहरुले आफूहरुको माग पुरा नहुँदासम्म शैक्षिक गतिविधिमा सहभागी नहुने बताउँदै आएका छन् ।

शुल्क फिर्ता र समायोजनका विषयमा मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *