आन्दोलनरत मेडिकल विद्यार्थीद्धारा एमबीबीएस, बीडीएस र नर्सिङ प्रथमबर्षको परीक्षा बहिस्कार

काठमाडौँ, १८ मंसिर ।  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)बाट सम्बन्धन प्राप्त चार वटा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आज देखि शुरु एमबीबीएस, बीडीएस र नर्सिङको परीक्षा बहिष्कार गरेका छन्।

वीरगञ्जको नेसनल मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र जनकपुरस्थित जानकी मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।

निजी मेडिकल कलेजहरुले विद्यार्थीसंग अनाधिकृत रुपमा अतिरिक्त शुल्क उठाएको भन्दै आन्दोलनरत विद्यार्थीहरुले सरकार र निजी मेडिकल कलेजबीच भएको दुई बुँदे सम्झौँता समेत आफूहरुलाई मान्य नभएको बताउँदै आएका छन् । उनीहरुले आन्दोलनलाई निरन्तरता दिदैँ परीक्षा बहिस्कार गरेका हुन् ।

भैरहवारस्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा शुरु हुनु अघि कलेज परिसरमा लामवद्ध भई धर्ना दिएका थिए । यता चितवन मेडिकल कलेजका विद्यार्थीहरुले भने प्रवेश पत्र नै जलाएका छन् । उनीहरुले आफूहरुको माग पुरा नहुँदासम्म शैक्षिक गतिविधिमा सहभागी नहुने बताउँदै आएका छन् ।

शुल्क फिर्ता र समायोजनका विषयमा मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *