ढाडमा समस्या भएपछि स्वास्थ्य राज्यमन्त्री डा. यादव वीर अस्पतालमा भर्ना

896
Shares

काठमाडौँ, ३० कात्तिक ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव वीर अस्पतालमा भर्ना भएका छन् । ढाडको नसा सम्वन्धी समस्या बढेपछि उनी शुक्रबार बेलुकाबाट वीर अस्प्तालमा भर्ना भएका हुन् । उनलाई अस्पतालको भिआईपी क्याविनमा राखिएको छ ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार राज्यमन्त्री यादवको स्वास्थ्य उपचारमा डा राजीज झा नेतृत्वको टीम खटिएको छ । ‘ढाड दुखेर उहाँ आउनु भएको हो । उहाँको उपचार भइरहेको छ । स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ । डा झाको टोलीले उहाँलाई हेर्नु भएको छ,’ डा. सेन्चुरीले भने ।

पछिल्लो चार पाँच दिन देखि सामान्य ढाड दुख्ने समस्या खेपेका राज्यमन्त्री यादव शुक्रबार असाध्यै दुखेपछि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

त्यहाँको परीक्षणबाट नसामा समस्या भएको र केही आरामको जरुरी भएको चिकित्सकले बताएपछि उनले यो सेवा त बीर अस्पतालमै लिन्छु भनेर राज्यमन्त्री डा. यादव निस्किएको सचिवालय स्रोतले बतायो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *