ढाडमा समस्या भएपछि स्वास्थ्य राज्यमन्त्री डा. यादव वीर अस्पतालमा भर्ना

काठमाडौँ, ३० कात्तिक ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव वीर अस्पतालमा भर्ना भएका छन् । ढाडको नसा सम्वन्धी समस्या बढेपछि उनी शुक्रबार बेलुकाबाट वीर अस्प्तालमा भर्ना भएका हुन् । उनलाई अस्पतालको भिआईपी क्याविनमा राखिएको छ ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार राज्यमन्त्री यादवको स्वास्थ्य उपचारमा डा राजीज झा नेतृत्वको टीम खटिएको छ । ‘ढाड दुखेर उहाँ आउनु भएको हो । उहाँको उपचार भइरहेको छ । स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ । डा झाको टोलीले उहाँलाई हेर्नु भएको छ,’ डा. सेन्चुरीले भने ।

पछिल्लो चार पाँच दिन देखि सामान्य ढाड दुख्ने समस्या खेपेका राज्यमन्त्री यादव शुक्रबार असाध्यै दुखेपछि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

त्यहाँको परीक्षणबाट नसामा समस्या भएको र केही आरामको जरुरी भएको चिकित्सकले बताएपछि उनले यो सेवा त बीर अस्पतालमै लिन्छु भनेर राज्यमन्त्री डा. यादव निस्किएको सचिवालय स्रोतले बतायो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *