बीएएमएस, वीएस्सी नर्सिङ,बी फार्मेसी, बीपीएच लगायतका विषयमा अध्ययन गर्न छात्रबृत्ति खुल्यो

काठमाडौँ, १८ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्साशास्त्र तर्फ स्नातक तह (एमबीबीएस र बीडीएस बाहेक) का विषयहरुमा निशुल्क छात्रबृत्तिमा अध्ययन् गर्न चाहने विद्यार्थीहरुले दरखास्त हाल्न सुचित गरेको छ ।

मन्त्रालयले बीएस्सी नसिङ, बीएनएस, बी फार्मेसी, बी अप्टोम, बीएएसएलपी, बीपीएच, बीएस्सी एमएलटी, बी एस्सी एमआईटी, बीएएमएसर प्रफुजन टेक्नोलोजी लगायतका विषयमा छात्रबृत्ति लिनका लागि दरखास्त हाल्न सुचित गरेको हो ।

मन्त्रालयबाट जारी सूचनामा राष्ट्रिय चिकित्सा शिक्ष ऐन २०७५ बमोजिम ७५ प्रतिशत निशुल्क छात्रबृत्ति सिट कायम गरिएका त्रिविका आंगिक क्याम्पसहरु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, तथा काठमाडौँ विश्वविद्यालयबाट सम्वन्धन प्राप्त स्वदेश तथा विदेशी लगानीका कलेजहरुले दिने क्रमश १० र २० प्रतिशत निशुल्क सिटमा प्रतिस्पर्धा गर्न भनिएको छ ।

छात्रबृत्तिमा प्रतिस्पर्धा गर्नका लागि प्रवेश परीक्षामा न्युनतम ५० प्रतिशत अंक ल्याइ उत्तीर्ण भएको हुनुपर्ने छ । दरखास्त आजबाट २ मंसिरसम्म हाल्न सकिने बताइएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *