कुपोषण हटाउन बालबालिकालाई अण्डा, विपक्षी दलले भन्यो ‘नरभक्षी बनाइदैछ’


भारत । मध्यप्रदेश सरकारले कुपोषण विरुद्ध सुरु गरेको पोषण आहार कार्यक्रममा बालबालिकालाई अण्डा दिने योजनाको त्यहाँ प्रमुख विपक्षी दल बनेको भारतीय जनता पार्टीले गरेको छ ।

भाजपाका एक नेताले त बालबालिकालाई अण्डा र मासु खान प्रेरित गर्ने राज्य सरकारले उनीहरुलाई नरभक्षी बनाउन लागेको आरोप समेत लगाएका छन् ।

राज्य सरकारले बालविकास सेवा अन्तरगर्त पोषण आहार कार्यक्रममा बालबालिकालाई अण्डा उपलव्ध गराउन थालेको छ । सन् २००१ देखि मध्यप्रदेश कुपोषण र बालमृत्युदरको सबैभन्दा बढी हुने राज्यमा पर्दै आएको छ ।

मध्यप्रदेश सरकारले राज्यका ८९ आदिवासी बहुल क्षेत्रका बालबालिका जहाँ अण्डा खानु धार्मिक र सास्कृतिक रुपमा अफ्टेरो मानिदैन त्यस क्षेत्रमा यो कार्यक्रम लागू गरिएको बताएको छ । तर भाजपाले भने  यहि निर्णयको विरोध गरेको हो ।

भाजपा नेता गोपाल भार्गवले बच्चाको अण्डा दिदा हुने परिणामको व्याख्या गर्दै भने, ‘अण्डा पछि राज्य सरकारले बच्चालाई कुखुरा र खसीको मासु उपलव्ध गराउँछ र एक दिन उनीहरुलाई नरभक्षी बनाईदिन्छ । मासु खानु धार्मिक परम्परा विपरीत हो । यसले बच्चामा तामसिक प्रबृत्ति बढाउँछ ।’

भाजपाका विधायक रामेश्वर शर्माले बच्चालाई प्रोटिन दिनु पर्ने हो भने दुध दहि वा खिर उपलव्ध गराउन सकिने बताएका छन् ।

तथ्यांक अनुसार मध्यप्रदेशमा कुल ४२ प्रतिशत बालबालिका कुपोषणको प्रभाव देखिएको छ । त्यसमा जैन समुदायका १७ प्रतिशत छन् भने आदिवासी समुदायका ४८.२ प्रतिशत रहेको बताइएको छ ।

अण्डा वितरण गर्ने सरकारी नीतिको विरोधमा उत्रिएको भाजपाको आदिवासी बहुल क्षेत्रमा भने उल्टै विरोध भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *