एक बर्षमा ३४ हजार नयाँ क्षयरोगी फेला

0
Shares

IMG_20160323_133343

काठमाडौँ –  नेपालमा पछिल्लो एक बर्षमा ३४ हजार १२१ जना नयाँ क्षयरोगी भेटिएको छ । त्यसमध्ये १८ हजार ४६० जनामा किटाणु देखापरेको अर्थात सर्ने खालका समस्या भएको पाइएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले बुधबार आयोजना गरेको अन्र्तक्र्रिया कार्यक्रममा अधिकारीहरुले १० हजार क्षयरोगीहरु अझै पनि सम्पर्कमा नआएको बताए । उनीहरुले उपचारमा आएका मध्ये ९१.५ प्रतिशत रोग निको भएको दावी गरे ।

केन्द्रका निर्देशक डा विकास लामिछानेले २ हजार ३ सय ४६ जना डीआर टिविका बिरामीको उपचार भइरहेको बताए । उनले जटिलखालक ( एक्सडीआर टीबी) क्षयरोगीका लागि नयाँ उपचार सुरु गरिएको भन्दै ८९ जनाले उपचार गराइरहेको बताए ।

निर्देशक लामिछानेले सन २०१० देखी एक सय जना डीआर टीबीका विरामीको उपचारका लागि विभिन्न सात स्थानमा आवासीय उपचार सेवा उपलव्ध गराएको बताए । उनले बन्दीपुर, जनकपुर र बुटवल)डीआर होम नामक उपचार केन्द्र अस्पतालकै हातामा स्थापना गरिएको बताए ।

यसबर्षको विश्व क्षयरोग दिवस बिहीबार ( भोली) मनाइदैछ । विश्व स्वास्थ्य संगठनले यसबर्षको नारा क्षयरोग अन्त्यका लागि सबै संगठित होऔँ तय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *