राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषदमा प्राडा सुवोध र प्राडा दिब्या मनोनित

3.0k
Shares

काठमाडौँ, ८ साउन ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद्को सदस्यमा प्राडा दिब्या सिंह शाह र प्राडा सुबोध अधिकारी मनोनित भएका छन् । मंगलबार बालुवाटारमा बसेको प्रतिष्ठानको तेस्रो सिनेट बैठकले रिक्त सदस्यमा प्राडा शाह र प्राडा अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको हो ।

मानोनित प्राडा शाह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी प्राध्यापक हुन् । यस्तै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको समेत चिकित्सको समेत चिकित्सक हुन् । प्राडा यस्तै अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेक्टर हुन् ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सिनेट बैठकमा उपकुलपति प्राडा संगिता भण्डारीले पेश गरेको १ अर्व ३३ करोडको बजेट भने स्वीकृत भएन । सरकारले प्रतिष्ठानका लागि आगामी आर्थिक बर्षका लागि १२ करोड ४१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

बजेटका विषयमा अर्थ र स्वास्थ्य मन्त्रालयले त्यस सम्वन्धमा छलफल गरेर परामर्श पछि मात्रै त्यस सम्वन्धि निर्णय लिने निर्णय भएको स्रोतले बतायो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *