स्वास्थ्यमा समायोजन : मेडिकल बोर्डले सिफारिस गरेका २७ जनाको समायोजन
काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल बोर्डले सिफारिस गरेका २७ जना कर्मचारीको समायोजन गरेको छ ।
चौथो, पाँचौ र छैटौँ तहका यी कर्मचारीहरुलाई मन्त्रालय अन्तरगर्त पुल फाजिलमा रहने गरी समायोजन गरिएको कर्मचारी प्रशासन महाशाखाका प्रेमलाल दुवाले बताए ।
शारीरिक रुपमा अपांग अशक्त तथा विरामी भनेर बोर्डको सिफारिस ल्याएका कर्मचारीलाई उनीहरुले चाहेकै ठाँउमा रहने सक्ने गरी पुल फाजिलमा राखिएको हो ।
यस सम्वन्धी निर्णय सामान्य प्रशासन मन्त्रालयले १ जेठमै गरेको थियो । सोही आधारलाई टेकेर स्वास्थ्यले ४ असारमा गरेको सचिवस्तरीय निर्णय अनुसार २७ जनाको समायोजन भएको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]