स्वास्थ्यमा समायोजन : मेडिकल बोर्डले सिफारिस गरेका २७ जनाको समायोजन

24.4k
Shares

काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल बोर्डले सिफारिस गरेका २७ जना कर्मचारीको समायोजन गरेको छ ।

चौथो, पाँचौ र छैटौँ तहका यी कर्मचारीहरुलाई मन्त्रालय अन्तरगर्त पुल फाजिलमा रहने गरी समायोजन गरिएको कर्मचारी प्रशासन महाशाखाका प्रेमलाल दुवाले बताए ।

शारीरिक रुपमा अपांग अशक्त तथा विरामी भनेर बोर्डको सिफारिस ल्याएका कर्मचारीलाई उनीहरुले चाहेकै ठाँउमा रहने सक्ने गरी पुल फाजिलमा राखिएको हो ।

यस सम्वन्धी निर्णय सामान्य प्रशासन मन्त्रालयले १ जेठमै गरेको थियो । सोही आधारलाई टेकेर स्वास्थ्यले ४ असारमा गरेको सचिवस्तरीय निर्णय अनुसार २७ जनाको समायोजन भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *