स्वास्थ्यको समायोजन : एघारौँ तहको सूची स्वास्थ्यमा आइपुग्यो, चार जना फाजिलमा

10.0k
Shares

काठमाडौँ, १२ असार । स्वास्थ्य समूहका १५६ जना एघारौँ तह (सहसचिव) को समायोजन सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यमा पठाएको छ ।

स्वास्थ्यले सूचीका आधारमा कर्मचारीहरुलाई समायोजन सम्वन्धी पत्र दिने निर्णय गर्ने र संगसंगै सूची वेव साइटमा राख्ने तयारी गरेको छ । सामान्यले पठाएको सूचीमा ४ जना फाजिलमा परेका छन् ।

अनिवार्य अवकाश पाउने क्रममा रहेका अर्थात जागिरे अवधी कम भएकाहरुलाई फाजिलमा राखेर सूची आइपुगेको सहसचिव जनार्दन गुरागाँईले बताए । उनले मन्त्रालय अन्तरगर्त फाजिलमा रहेपनि अहिले गरिआएको कामको जिम्मेवारी दिइने बताए ।

‘सूची आइपुग्यो अब एक दमै छिटो हामीले यो प्रक्रियालाई टुंग्याउँछौँ र सम्वन्धीत कर्मचारीलाई पत्र दिन्छौँ । संगै सूची पनि सार्वजनिक गर्छौँ,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *