स्वास्थ्यको समायोजन : एघारौँ तहको सूची स्वास्थ्यमा आइपुग्यो, चार जना फाजिलमा
काठमाडौँ, १२ असार । स्वास्थ्य समूहका १५६ जना एघारौँ तह (सहसचिव) को समायोजन सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यमा पठाएको छ ।
स्वास्थ्यले सूचीका आधारमा कर्मचारीहरुलाई समायोजन सम्वन्धी पत्र दिने निर्णय गर्ने र संगसंगै सूची वेव साइटमा राख्ने तयारी गरेको छ । सामान्यले पठाएको सूचीमा ४ जना फाजिलमा परेका छन् ।
अनिवार्य अवकाश पाउने क्रममा रहेका अर्थात जागिरे अवधी कम भएकाहरुलाई फाजिलमा राखेर सूची आइपुगेको सहसचिव जनार्दन गुरागाँईले बताए । उनले मन्त्रालय अन्तरगर्त फाजिलमा रहेपनि अहिले गरिआएको कामको जिम्मेवारी दिइने बताए ।
‘सूची आइपुग्यो अब एक दमै छिटो हामीले यो प्रक्रियालाई टुंग्याउँछौँ र सम्वन्धीत कर्मचारीलाई पत्र दिन्छौँ । संगै सूची पनि सार्वजनिक गर्छौँ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]