ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको उद्धार गर्न २२ करोड विनियोजन

84
Shares

काठमाडौँ, १६ जेठ । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्धार गर्न २२ करोड रुपैयाँ विनियोजन गरेको छ । बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको बजेटमा सो रकम विनियोजन गरेको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तयार गरेको दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्वन्धि कार्यविधि २०७५ अनुसार यो रकम खर्च गरिनेछ ।

यो कार्यविधि अनुसार लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भभै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा, शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्त अल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार हुनेछ ।

कुन कुन जिल्लामा यो कार्यविधि लागू हुन्छ ?
यो कार्यविधि अनुसार हवाई उद्धार कार्यक्रम दुर्गम हिमाली तथा पहाडी गरी ३४ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । ती जिल्लाहरुमा सोलुखुम्बु, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, दोलखा रहेका छन् ।

यस्तै दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सिन्धुपाल्चोक, गोरखा, बागलुङ, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रसुवा र धादिङ जिल्लामा पनि यो कार्यक्रम सञ्चालन हुनेछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *