सूर्ति चुरोट र मदिराको भन्सार र अन्तशुल्क कर सामान्य बृद्धि

368
Shares

काठमाडौँ, १५ जेठ । सरकारले मदिरा चुरोट र अन्य सूर्तिजन्य पदार्थ जस्ता स्वास्थ्यका लागि हानिकारक बस्तुमा लाग्दै आएको भन्सार तथा अन्तशुल्क करमा सामान्य बृद्धि गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएका हुन् ।
नेपालको सूर्तिजन्य पदार्थमा लाग्दै आएको कर दक्षिण एसियाली मुलुकमै सबैभन्दा कम छ ।

स्वास्थ्य सरोकारवालाहरुले सूर्तिजन्य तथा मदिराजन्य पदार्थमा भारीमात्रामा कर बृद्धि गर्नुपर्ने बताउँदै आएका छन् ।
सूर्तिजन्य पदार्थको सेवनका कारण बार्षिक २७ हजार नेपालीको मृत्यु हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपालले सूर्तिजन्य पदार्थको करको दर कम्तिमा ७५ प्रतिशत पुरयाउनुपर्नेमा जोड दिदै आएको थियो । तर सरकारले यसपटक पनि स्वास्थ्य सम्वेदनशीलतालाई राम्ररी ख्याल गरेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *