काठमाडौँका ११ वटा अस्पतालको १०० मिटर वरपर आजबाट सुर्तीजन्य पदार्थ निषेध

404
Shares

काठमाडौँ, २९ बैशाख । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त काठमाडौँ प्रहरी सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा पुन सक्रियता देखाएको छ । आज देखि उसले काठमाडौँका विभिन्न ११ वटा ठूला सरकारी अस्पतालबाट यस कार्यको थालनी गर्दैछ ।

स्वास्थ्य मन्त्रालय स्वास्थय स्वास्थ्य शिक्षा सूचना केन्द्र, अस्पताल, स्थानीय समुदाय, क्लवहरुसंग सहकार्य गरी प्रहरीले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार अस्पताल वरपरको १०० मिटरमा सुर्तीजन्य पदार्थ निषेध गर्न लागेको हो ।

ती अस्पतालहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र परोपकार प्रसूतिगृह अस्पताल थापाथली रहेका छन् । यस्तै निजामति कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र शैनिक अस्पताल छाउनी, कीर्तिपुर अस्पताल र नरदेवी आयुर्वेद अस्पताल छन् ।

अभियानको नेतृत्व गर्न लागेको महानरगरीय प्रहरी परिसर टेकुका डिएसपी राजेन्द्र पोखरेलले तोकिएका ठूला सरकारी अस्पतालबाट अहिले विहान ८ बजे देखि अभियानको सुरु गर्ने बताए ।

अभियान अन्तरगर्त प्रहरीले सुरुको १५ दिन जनचेतना अभियान सञ्चालन गर्ने र त्यसपछी पनि अटेरी गर्नेलाई कारवाहीको प्रक्रियामा लैजानेछ ।

डिएसपी पोखरेल भन्छन्, ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त हामी यसपटक देखि सुर्तीजन्य पदार्थ नियन्त्रणलाई कार्यक्रमलाई अभियानकै रुपमा लैजाँदैछौँ । यसका लागि स्थानीय पालिका, अस्पताल, क्लव, नागरिक समाजका अगुवा लगायतको संयुक्त टीम बनाएका छौँ । उनीहरुबाटै यो अभियान अघि बढछ ।’

स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले ऐन अनुसार आजबाट अस्पताल वरपरको १०० मिटर सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन लागेको बताए । उनले आज अस्पताल परिषरमा भेला भएर जनचेतनामुलक कार्यक्रम, माइकिङ, सांकेतिक चिन्ह वितरणका कार्यक्रम समेत शुरु गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *