‘मुटुको शल्यक्रिया गर्दा फरक रगत चडाइयो, बालिकाको ज्यान गयो’
काठमाडौँ, २३ बैशाख । मुटुको शल्यक्रिया गर्दा फरक समुहको रगत चडाइएको भनिएकी पाँच बर्षीया बालिकाको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ज्यान गएको छ । परिवारले चिकित्सकीय लापरवाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालले भने घटनाको छानवीन अघि बढाइएको बताएको छ ।
सर्लाही सिसौटियाकी ५ बर्षीया आकृति कुमारीको मुटुको भल्भ फेर्न परिवारले १३ बैशाखमा गंगालाल अस्पतालमा भर्ना गरेका थिए । उनको १७ बैशाखमा शल्यक्रिया भएको थियो । तर शल्यक्रियाको क्रममा उनलाई फरक समूहको रगत दिइएको परिवारको आरोप छ ।
शल्यक्रियापछि गम्भीर हुँदै गएकी उनको आज विहान साढे ४ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।
‘ओ पोजेटिभ समूह रगत भएको नानिलाई ए पोजेटिभ समूहको रगत दिइयो । त्यसपछि उ गम्भीर हुँदै गई र आज प्राण त्यागि,’ बालिकाका आफन्त सुरेन्द्रले बताए । उनले शल्यक्रिया केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्मा सहितको टोलीले गरेको बताएका छन् ।
यता अस्पताल निर्देशक डा. शर्माले भने आफू शल्यक्रियामा सहभागी नभएको बताए । तर, आफूले सो केश थाह पाएको भन्दै छानवीन प्रक्रिया अघि बढाएको जानकारी दिए ।
‘खासमा यो शल्यक्रियामा म सहभागी थिइन । तर निर्देशकको नाताले जिम्मेवारी लिनैपर्छ । मैले घटना थाह पाएपछि ल्याव, ओटी लगायतका सबै युनिटका प्रमुखहरुलाई डाकेर केशको बारेमा सोधपुछ गरिसकेको छु । र छानवीन समिति गठन गरि सत्यतथ्य बाहिर ल्याउने प्रक्रिया समेत शुरु गरिसकेको छु । त्यसले के रिपोर्ट दिन्छ । त्यसको आधारमा कारवाही प्रक्रिया अघि बढाउँछु ‘ उनले भने ।
सम्पर्क इमेल : [email protected]
One thought on “‘मुटुको शल्यक्रिया गर्दा फरक रगत चडाइयो, बालिकाको ज्यान गयो’”