‘वर्ल्ड हेल्थ एसेम्ब्ली’मा भाग लिन सात जनाको टोली जेनेभा जाँदै

काठमाडौँ, २२ बैशाख । आगामी २० देखि २८ मे सम्म हुने ७२ औँ विश्व स्वास्थ्य भेला (वर्ल्ड हेल्थ एसेम्ब्ली)मा भाग लिन नेपालबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको नेतृत्वमा सात सदस्यीय सरकारी टोली जेनेभा जाने भएको छ ।
टोलीमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल, समन्वय महाशाखा प्रमुख एवं सहसचिव महेन्द्रप्रसाद श्रेष्ठ र कोशी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. संगिता मिश्र रहेका छन् ।
सोही टोलीमा मन्त्री यादवका स्वकीय सचिव अमरेन्द्र यादव र सल्लाहकार डा. केके राई समेत परेका छन् ।
त्यसो त स्वास्थ्य मन्त्रालयले १० जना भन्दा बढीको नाम स्वीकृतिका प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयमा पठाएको थियो । तर प्रधानमन्त्री कार्यालयबाट ७ जनाको नाम स्वीकृत भएर आएको हो ।
‘नाम त धेरै जनाको पठाइएको थियो । तर प्रधानमन्त्री कार्यालयबाट ७ जनाको नाम मात्रै स्वीकृत भएर आएको छ,’ मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले भने ।
उनले आफै खर्च हालेर जान खोजेका कतिपय स्वास्थ्य सम्वद्ध अधिकारीको नाम समेत सरकारी टोलीमा समावेश हुन नपाएको बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



