सरकारी चिकित्सक संघले बोलायो आकस्मिक बैठक

664
Shares


काठमाडौँ, २० चैत । सरकारी चिकित्सक संघ (गोदान) ले स्वास्थ्यको समायोजनको सूची सार्वजनिक भएलगत्तै आकस्मिक बैठक बोलाएको छ ।

सरकारले गोदानसँग गरेको सम्झौता र प्रतिवद्धता विपरित समायोजन गरेको भन्दै आज दिउसो साढे ३ बजे छलफलको लागि बैठक बोलाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचीमा एघारौँ तहका डाक्टरलाई आठौँ तहको दरबन्दीमा समायोजन गरेको छ । सूचीमा सरकारले गरेको सम्झौताअनुसार समायोजन नभएपछि गोदानले असन्तुिष्ट जनाएको छ ।

गोदानले सरकारी चिकित्सकलाई संघ मातहतमा राखेर समायोजन गर्न माग गर्दै आएको छ । सबै सरकारी चिकित्सकहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन गोदानले आग्रह समेत गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *