मेडिकल काउन्सिलको चार पद रिक्त, विदा भए यी सदस्यहरु
काठमाडौँ, ६ चैत ।चिकित्सकहरुको नियामक निकाय मानिने नेपाल मेडिकल काउन्सिलमा चार सदस्य पद रिक्त भएको छ । चार बर्ष अघि सरकारबाट नियुक्त भएका सदस्यहरुको पदावधी सकिएका कारण ती पद रिक्त भएका हुन् । काउन्सिलमा सरकारबाट नियुक्ति, विभिन्न संस्थाबाट पदेन, र निर्वाचनबाट गरी १९ जनाको कार्यकारी समिति हुन्छ ।
सरकारले चार बर्ष अघि नियुक्त गरेका डा कृष्ण अधिकारी, डा प्रकाशकुमार पराजुलीको केही समय अघि र प्राडा चन्दा कार्की र प्राडा सुदीप कुमार आचार्यको हालै अवधी सकिएको थियो ।
यसैबीच काउन्सिलले पदावधी सकिएका चार जना सदस्यहरुलाई मंगलबार विदाई गरेको छ । काउन्सिलको मंगलबार बसेका फुल हाउस बैठकको अवसरमा मंगलबार ती सदस्यहरुको विदाई गरेको हो ।
सम्पर्क इमेल : [email protected]