मेडिकल काउन्सिलको चार पद रिक्त, विदा भए यी सदस्यहरु

7.8k
Shares

काठमाडौँ, ६ चैत ।चिकित्सकहरुको नियामक निकाय मानिने नेपाल मेडिकल काउन्सिलमा चार सदस्य पद रिक्त भएको छ । चार बर्ष अघि सरकारबाट नियुक्त भएका सदस्यहरुको पदावधी सकिएका कारण ती पद रिक्त भएका हुन् । काउन्सिलमा सरकारबाट नियुक्ति, विभिन्न संस्थाबाट पदेन, र निर्वाचनबाट गरी १९ जनाको कार्यकारी समिति हुन्छ ।

सरकारले चार बर्ष अघि नियुक्त गरेका डा कृष्ण अधिकारी, डा प्रकाशकुमार पराजुलीको केही समय अघि र प्राडा चन्दा कार्की र प्राडा सुदीप कुमार आचार्यको हालै अवधी सकिएको थियो ।

यसैबीच काउन्सिलले पदावधी सकिएका चार जना सदस्यहरुलाई मंगलबार विदाई गरेको छ । काउन्सिलको मंगलबार बसेका फुल हाउस बैठकको अवसरमा मंगलबार ती सदस्यहरुको विदाई गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *