वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई पदमुक्त गर्न सिफारिस

360
Shares

काठमाडौँ, १७ फागुन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारलाई हटाउने निर्णय भएको छ ।शुक्रवार बसेको सिनेट बैठकमा उनलाई पदमुक्त गर्न कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्ने निर्णय गरको हो ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपकुलपति डा रौनियारलाई पदमुक्त गर्न कुलपति समक्ष सिफारिस गरेका हुन् ।

शुक्रबारकै बैठकले यसअघि उपकुलपतिले प्रतिष्ठानका रजिष्टार, डीन लगायतका पदाधिकारीहरुबाट खोसिएको अधिकार समेत सम्वन्धीत व्यक्तिलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

यस्तै डा रौनियारकै पालमा भएको अन्तर विभागीय सरुवाहरु समेत वदर गर्ने निर्णय गरेको छ ।

डा रौनियार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उपकुलपतिमा नियुक्त भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *