नेपाल अर्थोपेडिक एशोसिएसनको नेतृत्वमा डा. पोखरेल

500
Shares

काठमाडौँ, ५ फागुन । नेपाल अर्थोपेडिक एशोसिएसनको अध्यक्षमा डा रोहितकुमार पोखरेल निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न अर्थोकोन सम्मेलनपछि भएको नयाँ कार्यसमिति गठन प्रक्रियामा डा पोखरेल निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि एशोसिएसनका अध्यक्ष डा बुलन्द थापा थिए ।

यस्तै एशोसिएसनको इलेक्ट अध्यक्षमा डा रविन्द्रलाल प्रधान चयन भएका छन्। इलेक्ट अध्यक्ष अर्को कार्यकालमा स्वत अध्यक्ष हुने व्यवस्था छ ।

एशोसिएसनको उपाध्यक्षमा डा विमल पाण्डे निर्वाचित भएका छन् । यस्तै महासचिवमा डा दीपक श्रेष्ठ, सहसचिवमा डा पशुपति चौधरी, कोषाध्यक्षमा डा सुरज बज्रचार्य र सह कोषाध्यक्षमा डा रुद्र मरासिनी चयन भएका छन् । सदस्यहरुमा डा गोपेशकुमार ठाकुर, डा ऋषि विष्ट र विजेन्द्र अधिकारी चयन भएका छन्।

नयाँ कार्यसमितिका लागि उपाध्यक्ष बाहेक सबै निर्विरोध चयन भएका हुन्। नयाँ कार्यसमितिको कार्यकाल तीन बर्ष रहनेछ । नेपालमा हाल करिब ३ सय अर्थोपेडिक सर्जन छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *