लहान : स्वास्थ्यचौकी निर्माणका लागि जग्गादान

64
Shares

लहान, ९ माघ । गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित तमसुइया निवासी मागेन साहले जग्गादान गरेका छन् ।

सिरहाको नवराजपुर गाउँपालिकाको आग्रहमा साहले स्वास्थ्य केन्द्र स्थापनाका लागि आफ्नो पाँच कट्ठा सात धुर जग्गादान गर्नुरेका हुन् । लहानबाट १६ किलोमिटर दक्षिणमा पर्ने नवराजपुर गाउँपालिकामा स्वास्थ्यचौकी नहुँदा स्थानीय बासिन्दालाई उपचारको लागिसमेत घुमाउरो बाटो प्रयोग गरेर लहान वा भारतको दरभङ्गा जानुपर्ने बाध्यतालाई महसुस गरी गाउँमा स्वास्थ्यचौकी स्थापनाका लागि जग्गादान गरेको जग्गादाता साहले जानकारी दिए ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले जग्गादाता मागेन साहको योगदानले गाउँमा स्वास्थ्य केन्द्र निर्माण हुने वातावरण सहज भएको र अब स्वास्थ्य केन्द्र निर्माण गर्ने बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *