अध्ययन भन्छ, ‘अत्यधिक मोवाइलको प्रयोगले ल्याउछ प्रजनन् क्षमतामा ह्रास’

324
Shares

mobileएजेन्सी – दैनिक जीवनका लागि मोवाइल अनिबार्य आवश्यकताको साधन बन्यो । मोवाइल विनाको जिन्दगी नै अपुरो हुने अवस्था आईसक्यो तर यसको अति प्रयोग मानव स्वास्थ्यका लागि निकै खरतनाक हुन सक्ने बैज्ञानिकहरु बताउन् ।

उनीहरु भन्छन् , ‘अत्यधिक र अव्यवस्थित मोवाइलको प्रयोगले पुरुषहरुको प्रजनन् क्षमतामा ह्रास ल्याउछ । यौन दुर्बलता बढाउछ ।’ अध्ययन्लाई हवाला दिदै उनीहरु भन्छन्, ‘चार्जमा राखी राखी दैनिक एक घण्टा प्रयोग गर्ने पुरुषहरुको प्रजनन् क्षमता घट्ने सम्भावना दोब्बर बढी हुन्छ ।’

उनीहरुले मोवाइल पाइन्ट तथा टाउजरका खल्तीमा राखेर हिड्ने पुरुषमा पनि प्रजनन् सम्वन्धी समस्या देखिने दावी गरेका छन् । त्यस्तै चार्ज भइरहेको मोवाइल फोनबाट कुरा गर्दा, राती सुत्दा बेड नजिकै मोवाइल फोन राख्दा समेत त्यसको असर देखिन्छ जसको कारणले स्पर्म संख्यामा कमी आउन सक्छ ।

पछिल्ला अध्ययनहरुले पश्चिमा देशहरुमा बर्षेनी पुरुषको स्पर्मको संख्या तथा गुणस्तर दुबैमा ह्रास आएको देखाएको छ । र यसको प्रमुख कारणहरुमध्ये एक कारण मोवाइलको अत्यधिक प्रयोग हो भनिएको छ ।

यसै सम्वन्धमा एक इजरायली बैज्ञानिकहरुको समूहले यसको अनुसन्धान गरेको थियो । सो अनुसन्धानले पनि मोवाइल फोनबाट निस्कने ताप तथा इलेक्ट्रो म्याग्नेटिक रेडियसनले स्पर्मलाई मार्ने हुनाले प्रजनन क्षमतामा ह्रास आएको देखाएको थियो । उक्त अध्ययनका लागि १०६ जना पुरुषलाई सहभागी गराइएको थियो । र तिनीहरुको प्रजनन क्षमता एक बर्षसम्म निरन्तर अवलोकन तथा मोनिटर गरिएको थियो ।

sporm

सोही अध्ययनले देखाएको हो कि दैनिक १ घण्टा मोवाइल फोनमा च्याटिङ गर्ने तथा चार्जिङ भइरहेको बेला कुरा गर्ने मानिसमा प्रजनन क्षमता घट्ने सम्भावना दोब्बर बढी हुन्छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो अण्डकोष देखी २० इन्च भित्र मोवाइल फोन राख्ने पुरुष मध्ये करीब ४७ प्रतिशतमा स्पर्म लेभल क्रिटिकल भएको पाइयो ।’ जब की यो प्रतिशत पुरा सहभागी पुरुष जनसंख्याको केवल ११ प्रतिशत मात्रै छ ।

रिप्रोडक्टी बायोमेडिसिनमा प्रकाशित यो अध्ययनले मोवाइल फोनको बढ्दो प्रयोग र घट्दो प्रजनन क्षमताबीचको सम्वन्ध उजागर गरेको छ । अध्ययन टोलीका प्रमुख प्रोफेसर मार्था डिर्नफेल्ड भन्छन्, ‘मोबाइल फोनको अत्यधिक प्रयोग गर्ने पुरुषहरुमा स्पर्म लेभल त्यो लिमिट भन्दा कम देखियो जुन लिमिट प्रजनन क्षमताकाको दृष्टिले योग्य मानिदैन् ।’

उनी भन्छन् , ‘यदि तपाईँ बच्चाको प्रयासमा हुनुहुन्छ तर त्यो भइरहेको छैन भने याद गर्नुस त्यसको कारण अत्यधिक मोवाइलको प्रयोग नि हुनसक्छ । त्यसैले मोवाइल फोन चार्जिङ भइरहेको बेलामा प्रयोग नर्गनुस । सुत्ने बेलामा टाढा राखेर सुत्नुस र प्रयोगमा कमी ल्याउनुस ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *