चार बुँदे सम्झौँता कार्यान्वयन गर्न चिकित्सक संघको माग

36
Shares

काठमाडौँ, १८ माघ । नेपाल चिकित्सक संघले चार महिना अघि आफूहरुसंग भएको चार बुँदे सम्झौँताको तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । गत १३ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीच ४ बुँदे सम्झौँता भएको थियो ।

सो सम्झौँतामा, विना धरौटी हिरासतमा लिइ कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउन मिल्ने व्यवस्था (जेल वीद आउट बेल), चिकित्सकको पारिश्रमिक तथा सुविधा बढाउने लगायतका बुँदा उल्लेख थियो ।

संघका महासचिव डा लोचन कार्कीले आज विज्ञप्ती जारी गर्दै सम्झौँता गर्ने र कार्यान्वयन नगर्ने सरकारी रवैयाँले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिन्तित तुल्याएको बताइएको छ ।

विज्ञप्तीमा विगतमा भएका सम्झौँताको कार्यान्वयनमा अव पनि ढिलाई भए ठोस कदम चाल्ने चेतावनी दिइएको छ ।

यस्तो थियो सम्झौता :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *