मुटु स्वास्थ्य शिविरमा चार सय लाभान्वित

24
Shares

 म्याग्दी, ९ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा शनिबार निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा नेपाल रेडक्रश सोसाइटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिविर सञ्चालन गरेको हो ।

अन्नपूर्ण, रघुगंगा गाउँपालिका र बेनी नगरपालिका ४०३ जना सर्वसाधारणले सेवा लिएका शिविरका संयोजक आत्मा तुलाचनले जानकारी दिए । शिविरमा जटिल समस्या देखिएका ११ जना बिरामी पहिचान भएका छन् ।

उनीहरुलाई जयन्ती स्मृति कोषले आवतआवतको खर्चसहित शल्यक्रियाको व्यवस्था मिलाएको संयोजक तुलाचनले जानकारी दिए। शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा रवी मल्ल नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

मुटु परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणका साथै अत्याधुनिक उपकरणद्वारा मुटुको इसिजी र इको गरिएको थियो । सो शिविर सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले रु एक लाख सहयोग गरेको थियो ।

मुटुरोगीको पहिचान गरी उनीहरुको उपचार सेवामा पहुँच बढाउने उद्देश्यले ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गरेर सेवा दिएको वरिष्ठ विशेषक्ष डा रवी मल्लले बताउनुभयो । नसर्ने रोग नेपालमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ । जसमध्ये मुटु रोग पनि एक हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *